Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

दैनिकी न्यूज

२१, जेठ २०८२
रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नंं ४ जावलाखेलस्थित सदर चिडियाखानाभित्र प्रदर्शनीमा राखिएको दुर्लभ प्रजातीको रेड पाण्डा (हाब्रे) चोरी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भू बस्ने धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरूङ र भारत विहार वैशाली हाजीपुर थाना ग्राम पटना वडा नं. ३ वागटोल घर भएका २६ वर्षीय मोहमद तफिक रहका छन् ।

सदर चिडियाखानामा रहेको उक्त रेड पाण्डा गत वैशाख ३० गते राति चोरी गर्न खोजेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी उद्योग कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :जेठ २१, २०८२ बुधवार - ०७:०७:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology