Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आइपिएलको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरलाई

आइपिएलको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरलाई

दैनिकी न्यूज

२१, जेठ २०८२
आइपिएलको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरलाई
images

काठमाडौं। रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्नो पहिलो उपाधि जितेको छ। नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा मंगलबार भएको फाइनलमा पञ्जाबलाई ६ रनले पराजित गर्दै आरसिबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधि जितेको हो । यससँगै आइपिएलले १८ औं सिजनमा आठौं च्याम्पियन टोली पाएको छ।

tamang Language (1).jpg

यसअघि चेन्नई सुपर किंग्स (५ पटक), मुम्बई इन्डियन्स (५ पटक), कोलकाता नाइट राइडर्स (३ पटक), राजस्थान रोयल्स (१ पटक), डेक्कन चार्जर्स (१ पटक), सनराइजर्स हैदराबाद (१ पटक) र गुजरात जायन्ट्स (१ पटक) च्याम्पियन बनिसकेका छन्।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो। पञ्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाए। अविजित रहेका उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे।

जोश इङ्लिसले २३ बलमा १ चौका र ४ छक्कासहित ३९ रन बनाए। प्रभसिमरन सिंहले २२ बलमा २ छक्कासहित २६ रन बनाए। प्रियांश आर्य २४ र नेहल वधेरा १५ रनमा आउट भए।

बैंग्लोरलाई उपाधि दिलाउन भुवनेश्वर कुमार र कृणाल पाण्ड्याले समान २ विकेट लिए।

लिग चरणमा पञ्जाब पहिलो र ‌आरसिबी दोस्रो स्थानमा रहेका थिए । यी दुई टोली पहिलो क्वालिफायर खेलेका थिए । जसमा पञ्जाबलाई हराउँदै आरसिबी फाइनलमा पुगेको थियो । पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउँदै पुनः आरसिबीसँगको भेट पक्का गरेको थियो ।

images
प्रकाशित मिति :जेठ २१, २०८२ बुधवार - ०७:२३:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology