Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सन्दीपको चमत्कारी बलिङसँगै नेपालको जित

सन्दीपको चमत्कारी बलिङसँगै नेपालको जित

दैनिकी न्यूज

३, आषाढ २०८२
सन्दीपको चमत्कारी बलिङसँगै नेपालको जित
images

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत मंगलबार सम्पन्न प्रतिस्पर्धामा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। स्कटल्यान्डको टिटआउट रंगशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९।५ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्‍यो।

tamang Language (1).jpg

नेपालका ओपनर कुशल भुर्तेलले ३० रनको आधार बनाए भने दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। स्कटल्याण्डका लागि मिचेल लिक्स र साफयान सरिफले दुई÷दुई विकेट लिए भने ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान एक–एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९।४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो। उसका लागि मिचेल लिस्कले उत्कृष्ट ४६ रन बनाए। उनले ४६ बलमा चार चौका र एक छक्का प्रहार गरे। कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने चम्किए। उनले चार विकेट लिएर स्कटल्याण्डको शीर्ष र मध्यक्रम ध्वस्त पारिदिए। त्यस्तै, करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिए।

करण केसीले यसै खेलमार्फत टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गर्दै कीर्तिमान कायम गरेका छन्। उनी सन्दीप लामिछानेपछि यो उपलब्धि हासिल गर्ने दोस्रो नेपाली बलर बनेका हुन्।

सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शनका लागिुप्लेयर अफ द म्याच घोषित भए।

images
प्रकाशित मिति :आषाढ ३, २०८२ मंगलवार - १९:३२:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology