Logo

आइतवार, श्रावण २४ गते २०८३

images

साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त

साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त

दैनिकी न्यूज

८, आषाढ २०८२
साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त
images

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर ९आईपीओ० बिक्रीका निम्ति अनुमति दिएको छ । बोर्डले यही असार ५ गते उक्त संस्थालाई दुई करोड ३१ लाख रुपैयाँबराबरको दुई लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका निम्ति अनुमति दिएको हो ।

माइक्रो फाइनान्स समूहको उक्त कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड छ । बोर्डले चालु आवमा हालसम्म कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीका निम्ति अनुमति दिएको छ । त्यसमा पाँच जलविद्युत् समूहका कम्पनी छन् । तीन लघुबिमाका कम्पनी छन् ।

अन्यतर्फ दुई कम्पनीले अनुमति पाउँदा उत्पादनतर्फको एक र माइक्रो फाइनान्स एक छन् । समग्रमा बोर्डले दुई अर्ब ९५ करोड ५६ लाख ८१ हजार ९०० बराबरको साधारण सेयर बिक्रीको अनुमति दिएको छ ।

यस्तै, साधारण सेयर बिक्रीका निम्ति अनुमतिको प्रतीक्षामा ४४ कम्पनी छन् । त्यसमा अधिकांश जलविद्युत् कम्पनी छन् । कुल ३५ जलविद्युत् कम्पनी साधारण सेयर बिक्रीका निम्ति अनुमतिको प्रतीक्षामा छन् । रासस

images
प्रकाशित मिति :आषाढ ८, २०८२ आइतवार - ०७:५६:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology