Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चार प्रदेशमा हुनेछ धेरै भारी वर्षा

चार प्रदेशमा हुनेछ धेरै भारी वर्षा

दैनिकी न्यूज

१२, आषाढ २०८२
चार प्रदेशमा हुनेछ धेरै भारी वर्षा
images

काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । केही प्रदेशमा भारी र केहीमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोसी प्रदेशको तराई भूभागका तथा मधेस प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले बताएको छ ।

images
प्रकाशित मिति :आषाढ १२, २०८२ बिहिवार - ०६:४४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology