Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी चार प्रदेशमा ‘धेरै भारी वर्षा’को सम्भावना

यी चार प्रदेशमा ‘धेरै भारी वर्षा’को सम्भावना

दैनिकी न्यूज

१४, आषाढ २०८२
यी चार प्रदेशमा ‘धेरै भारी वर्षा’को सम्भावना
images

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च(पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा  रहिमपातको सम्भावना छ।

images
प्रकाशित मिति :आषाढ १४, २०८२ शनिवार - १२:३७:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology