Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

दैनिकी न्यूज

२१, आषाढ २०८२
आज यी प्रदेशमा वर्षाको सम्भावना
images

काठमाडौँ । नेपालमा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। यसको प्रभावले हाल देशभर साधरणतया बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशकाएकदुई स्थानमा भारीदेखि धेरै भारीसमम् वर्षाको पनि सम्भावना छ।

images
प्रकाशित मिति :आषाढ २१, २०८२ शनिवार - ०६:५१:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology