Logo

सोमवार, श्रावण २५ गते २०८३

images

३ लाख रूपैयाँ घुस रकमसहित वडाध्यक्ष यादव पक्राउ

३ लाख रूपैयाँ घुस रकमसहित वडाध्यक्ष यादव पक्राउ

दैनिकी न्यूज

२४, आषाढ २०८२
३ लाख रूपैयाँ घुस रकमसहित वडाध्यक्ष यादव पक्राउ
images

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीका एक वडाध्यक्षलाई ३ लाख रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।

मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जनार्दन यादवलाई घुस बापत लिएको तीन लाख रूपैयाँ सहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। यादव २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका हुन्।

अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादव र सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपिन कुमार पाण्डेयलाई पक्राउ गरेको जनाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार वडाध्यक्ष यादवले वडामा सम्पन्न भएका विभिन्न योजनाहरूको भुक्तानी सिफारिसका लागि घुस रकम मागेका थिए।

यादवको तर्फबाट व्यवसायी पाण्डेयले घुस बापतको ३ लाख रूपैयाँ लिएका थिए। सोही क्रममा यादव र रकम मागिदिने पाण्डेय दुवैलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ।

images
प्रकाशित मिति :आषाढ २४, २०८२ मंगलवार - ०८:०२:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology