Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

स्रोत नखुलेको डेढ करोडसहित चिनियाँ नागरिक नियन्त्रणमा

स्रोत नखुलेको डेढ करोडसहित चिनियाँ नागरिक नियन्त्रणमा

दैनिकी न्यूज

२५, आषाढ २०८२
स्रोत नखुलेको डेढ करोडसहित चिनियाँ नागरिक नियन्त्रणमा
images

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं. ६ बौद्धबाट स्रोत नखुलेको करिब डेढ करोडसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिई बस्ने ४० वर्षीय चिनियाँ नागरिक वाङ जियानलाई रु एक करोड ४४ लाखसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेको उनलाई प्रहरीले आज सार्वजनिक गरेको छ । स्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनको डेरा खानतलासी गर्दा उक्त रकम फेला परेको हो ।

images
प्रकाशित मिति :आषाढ २५, २०८२ बुधवार - ०६:५०:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology