Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला

दैनिकी न्यूज

६, श्रावण २०८२
नेपाल इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला
images

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४।७८ प्रतिशत अर्थात १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।

इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । यस अनुसार इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।

हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म कायम गरिएको छ ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

images
प्रकाशित मिति :श्रावण ६, २०८२ मंगलवार - १०:२१:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology