काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन मंगलबार सुन एक लाख ९५ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।