काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वैधता अवधि अब १० वर्ष कायम गरिएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गर्दै सरकारले लाइसेन्सको अवधि हालको ५ वर्षबाट दोब्बर गरी १० वर्ष बनाएको हो। अबदेखि एकपटक जारी गरिएको लाइसेन्स १० वर्षसम्म मान्य हुनेछ र त्यसपछि मात्र नवीकरण गर्नुपर्नेछ।
संशोधित ऐनको दफा ५४ अनुसार पूर्ववत् ५ वर्षे अवधिलाई प्रतिस्थापन गरी १० वर्षे अवधिको व्यवस्था गरिएको छ। यसले सेवाग्राहीलाई बारम्बार लाइसेन्स नवीकरण गर्ने झन्झटबाट मुक्ति दिने विश्वास गरिएको छ।