Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गाईजात्रा आज, वाग्मती प्रदेशमा बिदा

गाईजात्रा आज, वाग्मती प्रदेशमा बिदा

दैनिकी न्यूज

२५, श्रावण २०८२
गाईजात्रा आज, वाग्मती प्रदेशमा बिदा
images

काठमाडौं । वाग्मती प्रदेशका केही जिल्लामा आज (साउन २५) गाईजात्रा पर्व मनाइँदै छ । नेवार समुदायका मानिसले एक वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा हरेक साल भाद्र कृष्ण प्रतिपदाका दिन यो जात्रा मनाउने गरेका छन् ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा यस दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने चलन छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोकलगायत नेवार समुदाय बाहुल्य क्षेत्रमा यो पर्व मनाउने गरिन्छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ।

यसै अवसरमा वाग्मती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । गाईजात्राका अवसरमा यस दिन प्रदेशभर सार्वजनिक बिदा दिइएको वाग्मतीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ ।

images
प्रकाशित मिति :श्रावण २५, २०८२ आइतवार - ०७:१५:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology