Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी स्थानमा भारी वर्षाको सम्भावना

यी स्थानमा भारी वर्षाको सम्भावना

दैनिकी न्यूज

२६, श्रावण २०८२
यी स्थानमा भारी वर्षाको सम्भावना
images

काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । पहाडी भूभागका धेरै स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी, वाग्मती, गण्डकी प्रदेशको पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । मधेस प्रदेशलगायत कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागकाका धेरै स्थानमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको पहाडी भूभाग तथा मधेस प्रदेशलगायत कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०८२ सोमवार - ०७:२२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology