Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तोलामा ६ सयले बढ्यो सुनको भाउ

तोलामा ६ सयले बढ्यो सुनको भाउ

दैनिकी न्यूज

१७, भाद्र २०८२
तोलामा ६ सयले बढ्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २ लाख ५ हजार ९०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको भाउ २ लाख ५ हजार ३०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार बढेर तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०८२ मंगलवार - १०:४८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology