काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई यस वर्ष २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बिहीबार बैंक बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१–८२ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १४ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार छ । प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।
बैंकले गत वर्षभन्दा यस वर्ष बढी लाभांश वितरण गर्ने भएको हो । गत वर्ष १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ५ प्रतिशत गरी करिब १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।