Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना, दुईको मृत्यु, १३ घाइते

बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना, दुईको मृत्यु, १३ घाइते

दैनिकी न्यूज

१६, आश्विन २०८२
बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना, दुईको मृत्यु, १३ घाइते
images

झापा । झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, विराटनगरबाट काकडभिट्टा जाँदै गरेको सगरमाथा यातायातको प्र १–०१–००१ ख ४४५९ नम्बरको बस बिहीबार बिहान करिब ९ः३० बजे बिर्तामोड नगरपालिका–६, गिरिबन्धु टी–स्टेट अगाडि अचानक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परी सुनसरी, इटहरी उपमहानगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराईमोरङ, रंगेली नगरपालिका–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरीको मृत्यु भएको छ।

घाइतेहरूको अवस्था:

दुर्घटनामा घाइते हुने यात्रुहरूको पहिचान यसप्रकार छः

  • इटहरी–११ का ३८ वर्षीय गुलशनराज शर्मा, उनकी श्रीमती ३६ वर्षीया अंकिता शर्मा, ६ वर्षीया छोरी मनसुइ शर्मा र ३७ वर्षीया बिनु शर्मा। प्रहरीका अनुसार मनसुइ र बिनु दुवैको टाउकोमा चोट लागेको छ।

  • मोरङ, विराटनगर–२ का ४२ वर्षीय सहचालक सोमकुमार भुजेल

  • पाँचथर, कुम्मायक–६ की २८ वर्षीया गंगा लिम्बू

  • झापा, कमल–७ का ८ वर्षीय लोजिहाङ लावती, २३ वर्षीया सुहाना लिम्बू र ५ वर्षीय मेङ्सो लिम्बू

  • विराटनगर–१ की १७ वर्षीया अनुषा भट्टराई

  • ३६ वर्षीया मञ्जु खतिवडा

  • झापा, दमक–१ की ६० वर्षीया राधिका खतिवडा

  • ताप्लेजुङ, फाक्तालुङ–१ का राकेश लिम्बू

उनीहरूमध्ये अधिकांशको हात, खुट्टा र अनुहारमा चोट लागेको छ। अस्पतालका अनुसार उनीहरू सामान्य अवस्थामा उपचाररत छन्।

दुर्घटनापछि तत्कालै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी बिएन्डसी अस्पताल, बिर्तामोड पठाइएको थियो।

बस किन अनियन्त्रित भयो भन्नेबारे प्रहरी अनुसन्धान भइरहेको छ। तर प्रारम्भिक अनुमानअनुसार चालकको असावधानी वा प्राविधिक समस्या कारण दुर्घटना हुन सक्ने देखिएको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन १६, २०८२ बिहिवार - १२:०७:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology