Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौँ–मुग्लिन सडक अवरुद्ध

काठमाडौँ–मुग्लिन सडक अवरुद्ध

दैनिकी न्यूज

१८, आश्विन २०८२
काठमाडौँ–मुग्लिन सडक अवरुद्ध
images

काठमाडौं । देशका विभिन्न भेगमा परेको अविरल वर्षाको प्रभाव राजमार्गहरूमा पर्न थालेको छ। शुक्रबार रातिको अविरल वर्षाले काठमाडौँ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। धादिङको जवाङ खोलामा आएको पहिरोका कारण उक्त सडक खण्ड अवरुद्ध भएको हो।

उता मुग्लिन – नारायणगढ सडक खण्डको तुइनखोलामा सामान्य ढुंगा खसिरहेकाले सावधानी अपनाएर यात्रा गर्न डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।

उक्त सडक खण्डमा सवारी साधन चलिरहे पनि अत्याधिक वर्षाका कारण जोखिमको अवस्था रहेको प्रहरीले जानकारी दिएको छ।

images
प्रकाशित मिति :आश्विन १८, २०८२ शनिवार - ०७:२९:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology