Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन आवागमन पूर्ण रुपमा बन्द

कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन आवागमन पूर्ण रुपमा बन्द

दैनिकी न्यूज

१८, आश्विन २०८२
कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन आवागमन पूर्ण रुपमा बन्द
images

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले अर्को सूचना नभएसम्मको लागि कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले दिएको जानकारी अनुसार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार वागमती प्रदेश लगायतका स्थानमा मनसुनी गतिविधिहरु सक्रिय भइरहेको र हाल उच्च मात्रामा वर्षा भइरहेको हुँदा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना समेतका आधारमा सम्भावित विपदजन्य अवस्थाबाट हुन सक्ने क्षति न्युनिकरण गर्न अर्को सूचना नभएसम्मको लागि कान्ति लोकपथ पूर्ण रुपमा बन्द गरिएको हो ।

 

images
प्रकाशित मिति :आश्विन १८, २०८२ शनिवार - १२:१९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology