Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको गोदावरीमा ४१ मिलिमिटर र खुमलटारमा २८ मिलिमिटर वर्षा

ललितपुरको गोदावरीमा ४१ मिलिमिटर र खुमलटारमा २८ मिलिमिटर वर्षा

दैनिकी न्यूज

१८, आश्विन २०८२
ललितपुरको   गोदावरीमा ४१ मिलिमिटर र  खुमलटारमा २८ मिलिमिटर वर्षा
images

ललितपुर । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा भएको छ। यो अवधिमा मधेश प्रदेशमा सबैभन्दा धेरै वर्षा भएको छ।

मधेशको वीरगञ्जमा ६४ मिलिमिटर पानी परेको विभागले जनाएको छ। त्यस्तै, गौरमा ५७, महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।

विभागका अनुसार पछिल्लो ६ घण्टामा मधेश, बागमती र गण्डकीमा धेरै वर्षा भएको छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कममात्रै वर्षा भइरहेको छ।

काठमाडौँ उपत्यकामा भने गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ।

images
प्रकाशित मिति :आश्विन १८, २०८२ शनिवार - १३:५८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology