Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नारायणहिटी अगाडि रमेश दुलालद्वारा ‘२२औँ काग सम्मेलन’ भब्य रुपमा सम्पन्न

नारायणहिटी अगाडि रमेश दुलालद्वारा ‘२२औँ काग सम्मेलन’ भब्य रुपमा सम्पन्न

दैनिकी न्यूज

२, कार्तिक २०८२
नारायणहिटी अगाडि रमेश दुलालद्वारा ‘२२औँ काग सम्मेलन’ भब्य रुपमा सम्पन्न
images

काठमाडौं । काग तिहारको अवसरमा कलाकार रमेश दुलाल 'कागे' ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ भब्य रुपमा सम्पन्न गरेका छन ।

टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं  कागलाई आकर्षित गरे । बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ  हजारौ कागहरू आकाशबाट झर्दै भेला भएका थिए।

123.jpg

दुलालले कागसहित हालसम्म १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाजहरू नक्कली रूपमा निकाल्न सक्छन । साथै, उनले मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन समेत प्रस्तुत गर्न सक्छन्।

उनका अनुसार, विगतका वर्षहरूमा उनले कहिले रत्नपार्कस्थित शान्ति बाटिकामा, कहिले एयरपोर्ट परिसरमा, त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका छन्।

दुलालले भने, “काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो। कागलाई यमराजको दूतका रूपमा मानिन्छ। यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ।”

काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो कार्यक्रमलाई उपस्थित दर्शकहरूले सराहना गरेका छन्  भने बहुप्रतिभाको धनी दुलालको चर्चा गरेका छन ।

कार्यक्रमको मुख्य  प्रायोजकमा मोर्डन राप्ती रियल स्टेट र भरत विश्वकर्मा रहेका छन भने सहप्रायोजकमा ह्याम्स हस्पिटल, शंकर प्रसाद आचार्य, चुडा मैनाली, होराईजन स्पा, नौकरी नेपाल र शान्ती तथा ग्राम्रीण विकास केन्द्र नेपाल रहेका थिए ।

 

images
प्रकाशित मिति :कार्तिक २, २०८२ आइतवार - ११:५७:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology