Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेस्तोल र ४ लाख ७८ हजार नगदसहित धापाखेलबाट एक पक्राउ

पेस्तोल र ४ लाख ७८ हजार नगदसहित धापाखेलबाट एक पक्राउ

दैनिकी न्यूज

६, कार्तिक २०८२
पेस्तोल र ४ लाख ७८ हजार नगदसहित धापाखेलबाट एक पक्राउ
images

लतिलपुर । ललितपुरको धापाखेलबाट पेस्तोल र नगदसहित एक जना पक्राउ परेका छन् ।

मदिरा सेवन गरेर होहल्ला गरेको जानकारी पाएपछि गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेलबाट खोटाङको साकेला गाउँपालिका घरभएका २३ वर्षीय शिवकुमार विकलाई बुधबार बिहान ३ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।

विकलाई एक थान म्याग्जिनसहितको चाइनिज पेस्तोल, ४ लाख ७८ हजार रूपैयाँ नगद र आइफोनसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका विक धापाखेलमा जग्गा भाडामा लिई टहरो बनाई बस्दै आएकी तारा विकको टहरोमा १ महिनादेखि बस्दै आएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ६, २०८२ बिहिवार - १७:४७:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology