Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

दैनिकी न्यूज

७, कार्तिक २०८२
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहेको विभागले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक ७, २०८२ शुक्रवार - ०६:३६:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology