काठमाडौँ । गृह मन्त्रालयले ३६ सहसचिवहरूको सरुवा गरेको छ । आइतबार मन्त्रालय अधिकांश प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गर्दै सहसचिवहरूको सरुवा गरेको हो ।
त्यसमा २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार सिडीओ सरुवाको निर्णय गरेका हुन् ।
ललितपुरका प्रजिअ सुमन घिमिरेलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा गरिएको छ भने कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत सहसचिव प्रेम प्रसाद भट्टराईलाई ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ ।
भक्तपुरको प्रजिअमा उमेशकुमार ढकाल, पश्चिम नवलपरासीमा कृष्ण प्रसाद लम्साल, कैलालीमा हिरालाल रेग्मी, दोलखामा नारायण प्रसाद रिसाल, पर्सामा भोला दाहाल र अर्घाखाँचीमा तोय नारायण सुवेदीलाई पठाइएको छ । सुवेदी पर्साको प्रजिअको रूपमा कार्यरत थिए ।
धनुषामा प्रेम प्रसाद लुईँटेल, कपिलवस्तुमा जनार्दन गौतम र रुपन्देहीमा माधव प्रसाद पोखरेललाई सरुवा गरिएको छ ।
आइतबार मन्त्रालय अधिकांश प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गर्दै सहसचिवहरूको सरुवा गरेको हो ।
हेर्नुहोस सूचि


