Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एमाले सचिवालय बैठक आज बस्दै

एमाले सचिवालय बैठक आज बस्दै

दैनिकी न्यूज

४, मंसिर २०८२
एमाले सचिवालय बैठक आज बस्दै
images

काठमाडौँ । नेकपा (एमाले) ले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका हुन् ।

सचिवालय सदस्य डा. भीष्म अधिकारीका अनुसार बैठकमा आगामी मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका तयारीसम्बन्धी एजेन्डामा विस्तृत छलफल हुनेछ । साथै मङ्सिर ६ गते राजधानीमा गर्ने प्रदर्शनबारे पनि नेतृत्व तहले रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवै माध्यमबाट दबाब दिने बताउँदै आएको छ । फागुन २१ मा तय भएको प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा दल दर्ताको म्याद निर्वाचन आयोगले मङ्सिर १० सम्म तोकेको भए पनि एमाले दर्ता गर्ने–नगर्ने भन्ने विषय राजनीतिक वृत्तमा चासोको विषय बनेको छ ।

महाधिवेशन तयारीअन्तर्गत पार्टीले मङ्सिर १३ गते एकैदिन प्रतिनिधि चयन प्रक्रिया सञ्चालन गर्ने जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ४, २०८२ बिहिवार - ०९:०५:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology