Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

दैनिकी न्यूज

५, मंसिर २०८२
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
images

काठमाडौं । सवारी दुर्घटनामा परि विभिन्न स्थानमा गरी पाँच जनाको मृत्यु भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित सडकमा बागमती प्रदेश ०१-००३ क ५९३१ नम्बरको हाइसको ठक्करबाट पैदलयात्री ललितपुर इमाडोल बस्ने कास्की घर भएकी ४५ वर्षीया नन्दु खवासको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, गुलारिया नगरपालिका-११ लालपुरस्थित सडकमा भे.१२ प ७०५५ नम्बरको मोटरसाइकल गाडामा ठोक्किएर बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली भजनी नगरपालिका-१ बस्ने २६ वर्षीया सपना सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि नर्सिङहोम नेपालगंज बाँके रिफर गरिएको छ । गाडा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ थानिमाईस्थित सडकमा बा. प्र.०१-००१ प १७०४ नम्बरको भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३४ वर्षीय रंजित कोतवालको बिहीबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सर्लाही, हरिपुर्वा नगरपालिका-३ धनकौलस्थित सडकमा ना.अ.प.अ. ३७८ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने राम प्रवेश रायको छोरा ४ वर्षीय आरएन रायको बिहीबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनकुटा, पाख्रिबास नगरपालिका-५ भैसेस्थित सडकमा बा. ४ ख ५५०२ नम्बर हाइस अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा हाइसमा सवार संखुवासभा सभापोखरी गाउँपालिका-२ बस्ने ८२ वर्षीया सावित्रा कालाखेतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाइसमा सवार ५ जनाको सोही अस्पतालमा, ५ जनाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा र ४ जनाको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर ५, २०८२ शुक्रवार - १५:०१:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology