ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नंं ४ बडीखेलस्थित होटेल तपेश्वर रिसोर्टमा जुवा तथा सट्टेबाजी सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर १४ जनालाई पक्राउ गरेको छ।
मंगलबार साँझ करिब ७ बजे जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएका प्रहरी टोलीले रमेश पहरीले सञ्चालन गर्दै आएको सो होटलमा खानतलासी गर्दा नगद रुपैयाँ हारजित हुने गरी जुवा खेलाइएको पुष्टि भएको परिसरका सूचना अधिकारी चक्रराज जोशीले जानकारी दिए।
उनका अनुसार घटनास्थलबाट तास ४ बुक र नगद ४ लाख ०६ हजार १६५ रुपैया समेत बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार होटल सञ्चालक समेत सबैलाई कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।