Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एमाले महाधिवेशनः मतदान सम्पन्न, २२२७ मत खस्यो

एमाले महाधिवेशनः मतदान सम्पन्न, २२२७ मत खस्यो

दैनिकी न्यूज

३, पौष २०८२
एमाले महाधिवेशनः मतदान सम्पन्न, २२२७ मत खस्यो
images

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ जना मतदानमा अनुस्थित भए। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए ।

उनले मतगणना अहिले बिहान ८ः०० बजेदेखि सुरु गर्ने तयारी गरिएको जानकारी दिए । “मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ”, उनले भने, “मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ ।”

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरु भएको थियो । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो ।

images
प्रकाशित मिति :पौष ३, २०८२ बिहिवार - ०८:२१:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology