काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ३ हजार ४ सय रुपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ४ हजार १०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ४ हजार २३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ६३० रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।