Logo

आइतवार, श्रावण २४ गते २०८३

images

देशभर आंशिक बदली, तराईमा हुस्सुको प्रभाव

देशभर आंशिक बदली, तराईमा हुस्सुको प्रभाव

दैनिकी न्यूज

३०, पौष २०८२
देशभर आंशिक बदली, तराईमा हुस्सुको प्रभाव
images

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु देखिएको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

images
प्रकाशित मिति :पौष ३०, २०८२ बुधवार - ०८:१५:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology