Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

दैनिकी न्यूज

२, माघ २०८२
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ समायोजन गरेको छ। निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको भाउ प्रतिलिटर ३ रुपैयाँ घटेको छ।

यस्तै डिजेल र मट्टीतेल प्रतिलिटर १ रुपैयाँ घटेको छ। निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु १ सय ५६ र डिजेल र मट्टीतेल प्रतिलिटर रु १ सय ३६ कायम भएको छ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो।

images
प्रकाशित मिति :माघ २, २०८२ शुक्रवार - ०७:२५:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology