Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शिक्षामन्त्री महावीर पुनको पनि राजीनामा

शिक्षामन्त्री महावीर पुनको पनि राजीनामा

दैनिकी न्यूज

६, माघ २०८२
शिक्षामन्त्री महावीर पुनको पनि राजीनामा
images

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । उनले सोमबार साँझ पदबाट राजीनामा दिएको बुझिएको छ । उनले आफ्नै अभियानमा लाग्न भन्दै राजीनामा दिएका हुन् ।

शिक्षामन्त्री पुनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । अर्थमन्त्री खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो ।’

पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन् । उनले अब सो केन्द्रलाई नै आफ्नो नेतृत्वमा अगाडि बढाउने योजना बनाएका हुन् ।


यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्ष हुँदै चुनावी मैदानमा उत्रिएका छन् ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिँदै रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

images
प्रकाशित मिति :माघ ६, २०८२ मंगलवार - ११:१३:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology