Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँ पुग्यो

सुनको भाउ तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँ पुग्यो

दैनिकी न्यूज

६, माघ २०८२
सुनको भाउ तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँ पुग्यो
images

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकिएको छ । सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला ७० रुपैयाँले वृद्धि भई ५ हजार ८८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :माघ ६, २०८२ मंगलवार - ११:३६:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology