Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

दैनिकी न्यूज

९, फाल्गुण २०८२
काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
images

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ।

प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामंगल चोक तथा तिलगंगा क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ।

तिलगंगा आँखा अस्पताल अगाडि रहेको पोल ढल्केकोले त्यसलाई व्यवस्थित गर्न ११ केभी क्षमताको प्रसारण लाइन सटडाउन गर्न लागेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले तिलगंगा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाखा र विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२ः३० सम्म बिजुली कटौती गर्ने भएको छ।

यस्तै, तिनकुने, गैरीगाँउ, सिनामंगल र विमानस्थल क्षेत्र अन्तरगतका सबै क्षेत्रमा १ बजेदेखि २:३० बजेसम्म बिजुली कटौती हुनेछ।

बिजुली कटौतीबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले माफी मागेको छ।

यसैगरी महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ। काठमाडौं उपत्यकाका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगतकार्य भइरहेको र सो कार्य सम्पन्न गर्नका लागि आज बिहान १० बजेदेखि २ बजेसम्म बिजुली कटौती हुनेछ।

प्राधिकरणका अनुसार, बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग, प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुनेछ।

यस्तै, हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासलिगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ।

त्यस्तै, वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अर्पाटमेन्ट र टुँडालदेवी मन्दिरलगायतका क्षेत्रमा पनि १२ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८२ शनिवार - ०७:२९:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology