Logo

आइतवार, श्रावण २४ गते २०८३

images

महेशपुर भन्सारलाई पूर्ण कार्यान्वयनमा ल्याई रोजगारी सृजना गर्छु : देवेन्द्र पौडेल

महेशपुर भन्सारलाई पूर्ण कार्यान्वयनमा ल्याई रोजगारी सृजना गर्छु : देवेन्द्र पौडेल

दैनिकी न्यूज

१०, फाल्गुण २०८२
महेशपुर भन्सारलाई पूर्ण कार्यान्वयनमा ल्याई रोजगारी सृजना गर्छु : देवेन्द्र पौडेल
images

सुनवल । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेलले महेशपुर भन्सार नाकालाई पुर्ण रुपमा कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार पाल्हीनन्दन गाउँपालिकाको बेलासपुरमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले नेपाल भारतको सिमानामा रहेको महेशपुर भन्सार नाकालाई पूर्ण कार्यान्वयनमा ल्याउने बताएका हुन् ।
‘नेपाल भारतको सिमानामा रहेको महेशपुर भन्सार कार्यालय पूर्ण रुपमा कार्यान्वयनमा नआउँदा धेरै जना रोजगारीबाट बञ्चित हुन परेको छ,’ उनले भने, ‘अर्थमन्त्रालय छलफल गरेर चाँडै पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।’
उनले नवलपरासीमा सञ्चालित उद्योग कलकारखानामा नेपाली कामदारहरु कामबाट बञ्चित गराउने काम भइरहेको बताउँदै वार्ता गरेरै नेपालीहरुलाई रोजगारी दिने बताए ।
‘यहाँ चालु उद्योगहरुमा भारतीय कामदार ल्याउने गरिएको छ,’ उनले भने, ‘नेपालको उद्योगमा नेपाली कामदार राख्नुपर्ने स्थानीयको माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
नवलपरासी पश्चिममा नागरिकताको समस्या अझै रहेको बताउँदै त्यसको समाधानका लागि काम गर्ने बताए । ‘पश्चिम नवलपरासीमा नागरिकताको समस्या रहेको मैले बुझेको छु,’ उनले भने, ‘संविधानले प्रत्येक नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गराउन नहुने भनेको छ । तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले नागरिकताको विषय समाधान गरेको छ ।’
शिक्षामन्त्री हुँदा विद्यालयका पूर्वाधार तथा आइसीटीको क्षेत्रमा नवलपरासी प्राथमिकतामा राखेको बताउँदै बन्न बाँकी पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नवलपरासीमा स्वास्थ्य, खानेपानी, सिचाईको समस्या रहेको बताउँदै संघीय सरकारसँगको समन्वयमा समाधान गर्ने बताए ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०८२ आइतवार - २०:२६:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology