Logo

आइतवार, श्रावण २४ गते २०८३

images

निर्वाचन चिह्नको दुरुपयोग नगर्न आयोगको निर्देशन

निर्वाचन चिह्नको दुरुपयोग नगर्न आयोगको निर्देशन

दैनिकी न्यूज

११, फाल्गुण २०८२
निर्वाचन चिह्नको दुरुपयोग नगर्न आयोगको निर्देशन
images

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न दुरुपयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै काठ, फलाम वा अन्य सामग्रीबाट बनेका भौतिक निर्वाचन चिह्न प्रयोग गर्दा सुरक्षामा असर पर्न सक्ने गुनासा प्राप्त भएको जनाएको छ। आयोगका अनुसार कानुनले तोकेको मापदण्डअनुसार मात्र दलको झण्डा र कागजमा छापिएको निर्वाचन चिह्न प्रयोग गर्न पाइनेछ।

आयोगका सहसचिव एवम् नारायणप्रसा भट्टराईले विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले निर्धारण गरेको चिह्न बाहेक अन्य स्वरूपमा चिह्न प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ। उल्लङ्घन गरेको पाइएमा आचारसंहिता अनुसार कारबाही हुने आयोगले चेतावनी दिएको छ।

आयोगले सबै दल तथा उम्मेदवारलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०८२ सोमवार - ०७:५८:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology