Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

दैनिकी न्यूज

१२, फाल्गुण २०८२
तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
images

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय गरेको छ ।

सरकारले आसन्न निर्वाचनलाई लक्षित गर्दै फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको हो। मतदानमा नागरिकको अधिकतम सहभागिता सुनिश्चित गर्न यस्तो निर्णय गरिएको बताइएको छ।

निर्वाचन आयोगले मतदानमा व्यापक सहभागिता जुटाउन तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार मन्त्रिपरिषद्ले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारका अनुसार निर्वाचनका क्रममा कर्मचारी, सुरक्षाकर्मी तथा अन्य सरोकारवाला निकायलाई आवश्यक तयारीका लागि सहज वातावरण सिर्जना गर्न पनि बिदा उपयोगी हुने अपेक्षा गरिएको छ। साथै, मतदाता नामावलीमा रहेका नागरिकलाई मतदान केन्द्रसम्म पुग्न र आफ्नो मताधिकार प्रयोग गर्न समय मिलोस् भन्ने उद्देश्यसमेत रहेको उल्लेख गरिएको छ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०८२ मंगलवार - १७:२३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology