Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्से परिसूचक २१ अङ्कले सुधार

नेप्से परिसूचक २१ अङ्कले सुधार

दैनिकी न्यूज

१२, फाल्गुण २०८२
नेप्से परिसूचक २१ अङ्कले सुधार
images

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.६२ अङ्कले बढेर दुई हजार ६३८.६० को बिन्दुमा कायम भएको छ।

३२८ कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४९ हजार ९३ पटक खरिदबिक्री हुँदा चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

सबै समूहका उपसूचक बढेका छन्। बैंकिङ ०.३०, विकास बैंक १.११, वित्त ०.६४, होटल तथा पर्यटन २.०२, जलविद्युत् १.२७, र लगानी समूह शून्य दशमलव ६१ प्रतिशतले बढेका छन्। जीवन बीमा समूह ०.७०, उत्पादन तथा प्रशोधन १.७६, लघुवित्त ०।७९, म्युचुअल फन्ड ०.०९, निर्जीवन बीमा ०.५२, व्यापार १.४९, र अन्य समूह ०.३३ प्रतिशतले बढेका छन्।

सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल एसबिआई बैंक लिमिटेडको शेयर मूल्य ३।५८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको ३७ करोड ७२ लाख ९१ हजार ३२० बराबरको खरिदबिक्री भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका छ लाख ९७ हजार १४८ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ। 

images
प्रकाशित मिति :फाल्गुण १२, २०८२ मंगलवार - १७:३२:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology