Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सङ्खुवासभा भूकम्पको धक्का

सङ्खुवासभा भूकम्पको धक्का

दैनिकी न्यूज

१५, फाल्गुण २०८२
सङ्खुवासभा भूकम्पको धक्का
images

काठमाडौँ । पूर्वी नेपालको सङ्खुवासभामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ठिक ३ः१८ बजे ४.७ म्याग्निच्युडको यो भूकम्प गएको हो ।

केन्द्रबिन्दु सङ्खुवासभाको टोप्के गोला नजिकै रहेको बताइएको छ। यसको प्रभावले सङ्खुवासभा र ताप्लेजुङका विभिन्न गाउँ तथा बजार क्षेत्रमा कम्पन महसुस गरिएको थियो।

जिल्लाका सुरक्षा अधिकारीहरूका प्रारम्भिक रिपोर्ट अनुसार अहिलेसम्म कुनै पनि मानवीय क्षति वा भौतिक संरचनामा क्षतिको सूचना प्राप्त भएको छैन ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०८२ शुक्रवार - ०९:०५:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology