Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पाल्पा सिमेन्टको ४५ लाख कित्ता आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन

पाल्पा सिमेन्टको ४५ लाख कित्ता आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन

दैनिकी न्यूज

१५, फाल्गुण २०८२
पाल्पा सिमेन्टको ४५ लाख कित्ता आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन
images

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (फागुन १५) अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १२ गतेदेखि बिक्री खुला गरेको आईपीओमा अब सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

कम्पनीले ३ अर्ब ७५ करोड रुपैयाँ जारी पुँजीको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो। त्यसैगरी २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र २ लाख ८१ हजार २५० कित्ता कर्मचारीका लागि बाँडफाँट गरिएको छ।

अब बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो। यसमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल ले आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा विकसित ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ। 

images
प्रकाशित मिति :फाल्गुण १५, २०८२ शुक्रवार - ०९:२१:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology