Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सर्वोच्च नेता खामेनीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमद्वारा पुष्टि

सर्वोच्च नेता खामेनीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमद्वारा पुष्टि

दैनिकी न्यूज

१७, फाल्गुण २०८२
सर्वोच्च नेता खामेनीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमद्वारा पुष्टि
images

तेहरान । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए। ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरेपनि इरानबाट पुष्टि हुन सकेको थिएन।

इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए।

तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ। यसबारे विस्तृत विवरण आउन भने अझै बाँकी छ।

८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा थिए। उनको निधनको खबर सार्वजनिक भएसँगै इरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने समर्थकहरू सडकमा निस्किएर शोक व्यक्त गरिरहेका छन्। उनी इजरायल र अमेरिकाको संयुक्त कारबाहीमा मारिएका हुन्।

उनको निधनसँगै मध्यपूर्वको राजनीतिमा नयाँ र अनिश्चित मोड आउने विश्लेषण गरिएको छ। नयाँ नेता चयन नहुन्जेलसम्मका लागि उच्च परिषद्ले प्रशासनिक कार्य हेर्ने बताइएको छ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०८२ आइतवार - ०८:००:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology