Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकको निर्देशन

दैनिकी न्यूज

१८, फाल्गुण २०८२
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकको निर्देशन
images

काठमाडौं । सार्वजनिक बिदाका दिनसमेत बैङ्किङ सेवा निरन्तर उपलब्ध गराउन नेपाल राष्ट्र बैंक ले बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। होली पर्व तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण अत्यावश्यक वित्तीय कारोबार प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाउन केन्द्रीय बैंकले आग्रह गरेको हो।

राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार फागुन २१ गते बिहीबारका दिन पनि आवश्यक कार्यालय सञ्चालनमा राख्न बैङ्क तथा वित्तीय संस्थालाई भनिएको छ। सो दिन सार्वजनिक बिदा परे पनि सरकारी राजस्व संकलन, भुक्तानी प्रणाली र निर्वाचनसम्बन्धी आर्थिक कारोबारलाई ध्यानमा राखेर सेवा खुला राख्नुपर्ने उल्लेख गरिएको छ।

सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैङ्कहरूले भुक्तानी व्यवस्था तथा राजस्व दाखिला प्रणाली सञ्चालनमा राख्नुपर्नेछ। यससँगै निर्वाचन प्रचारप्रसारका लागि खोलिएका बैङ्क खातामार्फत राजनीतिक दल तथा उम्मेदवारका नगद, चेक वा अन्य विनिमय साधनको दाखिला तथा भुक्तानी सेवा निरन्तर उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

निर्वाचन अवधिमा आर्थिक कारोबारको पारदर्शिता, समयमै राजस्व संकलन तथा भुक्तानी प्रणालीमा अवरोध नआओस् भन्ने लक्ष्यका साथ यस्तो कदम चालिएको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकको निर्देशनपछि सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले आवश्यक जनशक्ति व्यवस्थापन तथा आन्तरिक तयारी तीव्र बनाएका छन्।

निर्देशन कार्यान्वयनले सार्वजनिक बिदाका दिन पनि आवश्यक वित्तीय सेवा सुचारु रहने विश्वास गरिएको छ।

dainikeenews advertise.jpg

images
प्रकाशित मिति :फाल्गुण १८, २०८२ सोमवार - ०८:३३:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology