काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष के. पी. शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ। केही समयदेखि अस्वस्थ रहँदै आएका उनको शुक्रबार गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ओली निवास गुण्डु लगिने तयारी गरिएको छ। त्यसपछि आजै पशुपतिनाथ आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।