काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ लगातार बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ भाउ आइतबार मध्यरातदेखि लागू हुने भएको छ ।
पछिल्लो समय मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको प्रभावका कारण विश्व बजारमै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको भाउ उच्चदरले बढिरहेको निगमले जनाएको छ । यसले आपूर्ति प्रणालीमा समेत समस्या सिर्जना गरेको बताइएको छ ।
निगमले भारतको इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी नयाँ मूल्य कायम गरिएको जनाएको छ ।