Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर बादल लाग्ने, मध्यम वर्षारहिमपातको सम्भावना

आज देशभर बादल लाग्ने, मध्यम वर्षारहिमपातको सम्भावना

दैनिकी न्यूज

७, चैत्र २०८२
आज देशभर बादल लाग्ने, मध्यम वर्षारहिमपातको सम्भावना
images

काठमाडौँ ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।

बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपात रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरीसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :चैत्र ७, २०८२ शनिवार - ०७:५८:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology