Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

दैनिकी न्यूज

१४, चैत्र २०८२
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
images

काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज विहान पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भक्तपुरको कटुन्जेबाट पक्राउ गरेको हो । प्रहरीका एक उच्च अधिकृतका अनुसार उनलाई जरुरी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको हो ।

भदौ २३ गते भएको जेनजी प्रदर्शनका बेला लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए । सो दिन काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएपछि उनले त्यही साँझ पदबाट राजीनामा दिएका थिए ।

भदौ २३ र २४ गतेको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसपछि गृहमन्त्री सुधन गुरुङ ले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सँग पक्राउ सम्बन्धी विषयमा छलफल गरेका थिए ।

यसै क्रममा शनिबार बिहान भक्तपुर सूर्यविनायक नगरपालिका–५, कटुञ्जेस्थित निवासबाट उनलाई नियन्त्रणमा लिई काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १४, २०८२ शनिवार - ०८:१७:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology