Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

दैनिकी न्यूज

१४, चैत्र २०८२
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
images

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरिएको हो । पक्राउसँगै प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी पनि थमाएको जनाएको छ ।

शुक्रबार नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उक्त आयोगले ओलीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । चैत २४ गते आयोगले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथि कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

भदौ २३ र २४ गते काठमाडौँको बानेश्वरमा भएको जेनजी प्रदर्शनका क्रममा किशोरहरूमाथि गोली प्रहार भएको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर गरेको छ । उक्त प्रदर्शनमा ७६ जनाको मृत्यु भएको जनाइएको छ ।

यसैबीच, नेकपा (एमाले) ले आज बिहान ८ः३० बजे सचिवालय बैठक बोलाएको जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १४, २०८२ शनिवार - ०८:२३:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology