Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

दैनिकी न्यूज

१४, चैत्र २०८२
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
images

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरिएको हो । पक्राउसँगै प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी पनि थमाएको जनाएको छ ।

शुक्रबार नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उक्त आयोगले ओलीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । चैत २४ गते आयोगले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथि कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

भदौ २३ र २४ गते काठमाडौँको बानेश्वरमा भएको जेनजी प्रदर्शनका क्रममा किशोरहरूमाथि गोली प्रहार भएको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर गरेको छ । उक्त प्रदर्शनमा ७६ जनाको मृत्यु भएको जनाइएको छ ।

यसैबीच, नेकपा (एमाले) ले आज बिहान ८ः३० बजे सचिवालय बैठक बोलाएको जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १४, २०८२ शनिवार - ०८:२३:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology