Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट

दैनिकी न्यूज

७, बैशाख २०८३
कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
images

काठमाडौं । कालिन्चोक हाइड्रोपावरको प्राथमिक सेयर ९आईपीओ० बाँडफाँट भएको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले एक औपचारिक कार्यक्रम आयोजना गरी सेयर बाँडफाँट गरेको हो । जसअनुसार कम्पनीको सेयर ६८ हजार ४७५ जनाले १० कित्ताका दरले पाएका छन् ।

गत चैत २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

कुल २७ लाख ८४ हजार ५१९ जनाले सेयरमा आवेदन दिएका थिए । जसमध्ये २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएको आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।

कम्पनीले दोलखा जिल्लामा बग्ने साँगुखोलाबाट ५ मेगावाट क्षमतामा आयोजना निर्माण गरेको छ ।

images
प्रकाशित मिति :बैशाख ७, २०८३ सोमवार - १५:०४:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology