Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

९, बैशाख २०८३
ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका(३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २०८२ माघ १९ गते पक्राउ अनुमती प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

images
प्रकाशित मिति :बैशाख ९, २०८३ बुधवार - १२:२६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology