Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आगामी तीन दिनसम्म भारी वर्षा हुने

आगामी तीन दिनसम्म भारी वर्षा हुने

दैनिकी न्यूज

२, श्रावण २०८३
आगामी तीन दिनसम्म भारी वर्षा हुने
images

काठमाडौं । आगामी तीन दिनसम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा आगामी तीन दिन नै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

मनसुनी वायुको प्रभाव र यसको न्यूनचापीय रेखा पनि सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदरस्थान आसपास रहँदा विभिन्न स्थानमा भारी वर्षा भएको हो।

शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशका पहाडी भू–भाग, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

राति नै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको एक–दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

दिउँसो नै कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार राति कोशी र लुम्बिनी, गण्डकी प्रदेशका पहाडी र तराई भू–भाग थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा मधेश, बागमती, र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार दिउँसो भने कोशी प्रदेशको पहाडी र तराई भू-भाग एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। सोमबार दिउँसो कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ।

images
प्रकाशित मिति :श्रावण २, २०८३ शनिवार - १६:४०:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology